सुन तोलाको चार हजारले घट्यो


काठमाडौं : साताको पहिलो कारोबार दिन आज सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ।

शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो। आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २९३ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १७ पैसामा कारोबार भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP