Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

श्रीलंकालाई हराउँदै इतिहास रच्ने अवसर छ : कप्तान रोहित पौडेल


काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपालसामु इतिहास रच्ने सुनौलो अवसर रहेको बताएका छन्।

जारी आईसीसी टी–ट्वेन्टी विश्वकप अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार बिहान टेस्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।

नेपालले श्रीलंकासँग फ्लोरिडाको लडरहिलस्थित ब्रोवार्ड काउन्टी स्टेडियममा खेल्नेछ। फ्लोरिडामा विश्वकपको पहिलो खेल हुन लागेको हो तर श्रीलंकाले यो पिचमा विश्वकप अघि दुई वार्म–अप म्याच खेलेको थियो। नेदरल्यान्डस्‌सँग पराजित भएको उसले आयरल्यान्ड माथि जीत हात पारेको थियो।

नेपालले यहाँ तीन दिन अभ्यास गर्‍यो। प्रि म्याच कन्फरेन्समा कप्तान रोहितले दोस्रो खेलका लागि प्राप्त समयले लडरहिलको वातावरणसँग भिज्न र तयारी गर्न सहयोग गरेको बताए।

यो विश्वकपमा एसोसिएसट राष्ट्रले टेस्ट खेल्ने देशलाई पराजित गरिरहेकाले आफूहरूका लागि पनि प्रेरणा मिलेको उनले बताए। टी–ट्वेन्टी विश्वकपमा डेब्यु गरेको अमेरिकाले पाकिस्तान माथि डालासमा सनसनी पूर्ण जीत हात पारेको थियो।

‘श्रीलंका टिम राम्रो छ। टी–ट्वेन्टी विश्वकप जितिसकेको टिम हो। कुनै पनि विपक्षीलाई हामी सहज लिँदैनौ। तर जारी विश्वकपमा श्रीलंकाले सोचे जस्तो खेल्न सकिरहेको छैन। रोहितले भने, ब्याटिङ चलिरहेको छैन। त्यसको फाइदा उठाउँदै बलिङ युनिटले कम स्कोरमा रोकेर चेज गर्न सके इतिहास कोरिनेछ।’

सन्दीप लामिछाने आएसँगै नेपाली टिम १४ जनाको रहेको छ। स्पिनर सन्दीपले प्रतीश जिसीलाई रिप्लेस गरेका हुन्। उनले श्रीलंकाको खेल खेल्ने छैनन्। वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशसँग सन्दीपले खेल्नेछन्।

नेपालले नेदरल्यान्डस्‌सँग पहिले ब्याटिङ गर्दै १९ दशमलव २ ओभरमा अल आउट हुँदै १ सय ६ रन बनाएको थियो। नेपाल नेदरल्याण्डसँग ४ विकेटे पराजित भएको छ।

श्रीलंका समूहको आफ्नो तेस्रो खेल खेल्दै छ। यसअघि उसले दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोरेको थियो। नेपालसँग हार बेहोरे पूर्व च्याम्पियन समूह चरणबाटै बाहिरिनेछ।

समूह डी मारहेको दक्षिण अफ्रिका लगातार तीन खेल जित्दै सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP