युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी


काठमाडौं : उपाधि दाबेदार इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

जर्मनीको भेल्टिन्स एरिनामा आइतबार इङ्ल्यान्डले सर्बियाविरुद्ध १–० को कठिन जित निकाल्यो। जुड बेलिङघमले १३औं मिनेटमा गरेको एक मात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो।

जितसँगै समूह ‘सी’ को इङ्ल्यान्डले तीन अंक जोड्दा सर्बियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यही समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनिया १–१ को बराबरीमा रोकिए । डेनमार्कका लागि क्रिस्टियन एरिकसन र स्लोभेनियाका लागि एरिक जान्जाले गोल गरे।

गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युरोपियन च्याम्पियनसिपमा पोल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको छ।​ भोल्कसपार्क रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र वउट वेगहोर्स्टले गोल गरे। पोल्यान्डका लागि एडम बुक्साले गोल गरे।

विजयी सुरुआत गरेको समूह ‘डी’ नेदरल्यान्ड्सले तीन अंक जोडेको छ। खेलको १६औं मिनेटमा बुस्काको गोलमार्फत पोल्यान्डले अग्रता लियो। तर
गोक्पोले २९औं मिनेटमा नाथन एकेको पासलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए।
निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा वेगहोर्स्टले गोल गर्दै नेदराल्यान्ड्सलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP