इलाम : जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्। नेपाल ओलम्पिक कमिटीकाअनुसार बाह्रौँ दक्षिण एसियाली खेलकुद सागकी रजत विजेता मनिताले युनिभर्सल कोटा (वाईल्ड कार्ड) मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्।
उनले ५७ केजीमुनि चुनौती पेस गर्नेछिन्। योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या ७ पुगेको छ। २ महिना अघि उनी एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी थिइन्। हङकङमा भएको प्रतियोगिताको ५७ केजी मुनिको तौल समूहको आफ्नो दोस्रो खेलमा मनिता कोरियाली खेलाडीसँग पराजित भएकी थिइन्।
बन्दी सहायता नियोग (प्रिजनर एसिस्टेन मिसन– ‘पाम’) बाट खेल्न सुरुआत गरेकी उनले सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगितामार्फत् डेब्यु गरेकी थिइन्। उनी नवौँ राष्ट्रिय खेलकुदको स्वर्ण विजेतासमेत हुन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया