Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने


इलाम : जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्। नेपाल ओलम्पिक कमिटीकाअनुसार बाह्रौँ दक्षिण एसियाली खेलकुद सागकी रजत विजेता मनिताले युनिभर्सल कोटा (वाईल्ड कार्ड) मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्।

उनले ५७ केजीमुनि चुनौती पेस गर्नेछिन्। योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या ७ पुगेको छ। २ महिना अघि उनी एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी थिइन्। हङकङमा भएको प्रतियोगिताको ५७ केजी मुनिको तौल समूहको आफ्नो दोस्रो खेलमा मनिता कोरियाली खेलाडीसँग पराजित भएकी थिइन्।

बन्दी सहायता नियोग (प्रिजनर एसिस्टेन मिसन– ‘पाम’) बाट खेल्न सुरुआत गरेकी उनले सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगितामार्फत् डेब्यु गरेकी थिइन्। उनी नवौँ राष्ट्रिय खेलकुदको स्वर्ण विजेतासमेत हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP