तोलामा चार सयले घट्यो सुनको मूल्य


काठमाडौं : आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ। महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ। आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP