Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

अतिक्रमित बनलाई संरक्षण गर्दै साझेदारी बन

माधव बेल्बासे

अतिक्रमणको चपेटामा परेको कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनलाई व्यावस्थापन गर्न सुरु गरिएको छ । साझेदारी वनमा ४ सय हेक्टर वन अतिक्रमण भएकोले अव क्रमश अतिक्रमित बनलाई पुनः वनमै परिणत गर्न थालिएको छ ।

साझेदारीले हाल सम्म करिब ८० हेक्टर अतिक्रमण व्यवस्थापन गरी वन कायम गर्न सफल भएको छ ।

साझेदारी अन्तर्गत विजयनगर गाउँपालिकाको विरनगर,नयाँगाउँ,थरौली,नौसाहार,हनुमान नगर, मद्यनगरा,जवाबैराठ, नेवलागंज, नौडिहवा र गोबराहवामा वन अतिक्रमण भएको छ ।

४ सय हेक्टर अतिक्रमण मध्ये यस।वन क्षेत्रमा खेतीपाती र घर निर्माण गरी बसोबास गर्दै आएको उज्जवलपुरमा २ दशमलव ४७ हेक्टर व्यवस्थापन गरेको छ । वन क्षेत्र अतिक्रमण गरी खेती गर्दै आएको क्षेत्रमा गौत्तमबुद्ध साझेदारी पोखरी निर्माण गरी सुन्दरीकरण गरेको छ ।

२०६६ सालमा स्थापनमा भएको गौत्तमबुद्ध साझेदारीले अतिक्रमण क्षेत्र तारबार र वृक्षारोपण गरी व्यवस्थापन गरेको छ । साझेदारीले ५ हेक्टर अतिक्रमण क्षेत्रमा ताल निर्माण गरेको छ । नौडिहवामा वन क्षेत्र भित्रको ५ हेक्टर क्षेत्रफलमा स्थानियले अतिक्रमण गरी खेतीबारी गर्दै आएको क्षेत्रमा ताल निर्माणको काम भइरहेको गौत्तमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले बताउनु भयो ।

गौत्तमबुद्ध साझेदारी अन्तर्गत पर्ने नेवलागन्जमा ४÷४ हेक्टर अतिक्रमण भएको वन क्षेत्रमा पनि ताल निर्माण गरि अतिक्रमित क्षेत्रलाई व्यवस्थापन गरिएको छ । हाल गौत्तमबुद्ध साझेदारी वनको कार्यालय रहेको उज्जवलपुरमा पनि ६ हेक्टर अतिक्रमण हटाएर अहिले व्यवस्थापन गरी वन क्षेत्र कायम गरिएको छ ।

गौत्तमबुद्ध साझेदारी अन्तर्गत पर्ने वनको क्षेत्र त्रिपाल नगरमा करिब २ सय घरधुरीले बन क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका छन । २०६४ सालमा बसेको वस्ती अहिले सम्म वनको क्षेत्र भित्र बस्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP