Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

एशिया कप अभ्यास खेल : श्रीलंकासँग ३३ रनले हार्‍यो नेपाल


काठमाडौँ : महिला एशिया कपका लागि आज खेलेको पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग नेपाली महिला क्रिकेट टोली ३३ रनले पराजित भएको छ। नेपालले जितका लागि ११९ रनको लक्ष्य पाएको थियो।

नवौँ संस्करणको एसीसी महिला एशिया कपमा सहभागी हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीलाई श्रीलंका डेभलपमेन्ट ११ ले जितका लागि ११९ रनको चुनौती दिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाउँदै नेपाललाई जितका लागि ११९को लक्ष्य दिएको थियो।
घरेलु टोलीका लागि आई डुलानी र के नुथ्यांगना दुवैले ४१/४१ बल खेलेर २७/२७ रन बनाए।

नेपालका लागि शबनम राईले १४ रन खर्चेर ३ विकेट र राजमती ऐरीले १२ रन दिएर १ विकेट लिए।

तर १५ ओभरमा छोट्याइएको खेलमा जितको लक्ष्य पनि ९६ रन पाएको नेपालले १५ ओभर खेलेर ९ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो र ३३ रनले पराजित भयो।

नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ रन र सीता राना मगरले २८ बलमा ११ रन बनाए।

घरेलु टोलीका लागि देमी विहंगाले ७ रनमात्र खर्चेर ३ रन र एम शिवानी १० रन दिएर २ विकेट लिए।

नवौँ संस्करणको एशिया कप प्रतियोगिता शुरु हुनुअघि नेपालले ३ अभ्यास खेल खेल्नेछ।

एशिया कप आगामी साउन ४ गतेदेखि १३ गते (जुलाई १९ देखि २८) सम्म श्रीलंकामा हुँदै छ।

प्रतियोगितामा आयोजक श्रीलंका, बंगलादेश, मलेशिया, थाइल्याण्ड, नेपाल, भारत, पाकिस्तान र यूएईसहित ८ टोली सहभागी हुनेछन्।

सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP