Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्पेनले यामललाई खेलाएर गर्‍यो बाल श्रमशोषण, फाइनलसम्म तिर्नुपर्नेछ डेढ लाख यूरो

एजेन्सी

काठमाडौं : स्पेन युरोमा लगातार ६ खेल जितेर प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। ड्यानी ओल्मोले सेमिफाइनलमा फ्रान्सविरुद्ध विजयी गोल गरे र अब चार गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।

तर, युरोमा सबैभन्दा कान्छो खेलाडी लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएका छन्। अहिले संसारभर उनको चर्चा भइरहेको छ। उनले फ्रान्सविरुद्ध पहिलो गोल गरे। यामल आगामी शनिबार १७ वर्ष लाग्ने छन्।

तर, उनलाई खेलाउँदा स्पेनलाई कम्ती सकस भएको छैन। जर्मन कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई राति ८ बजेपछि काममा लगाउन पाइँदैन। तर खेलाडीले भने राति ११ बजेसम्म खेल्न पाउने नियम छ।

यही नियमअनुसार उनी समूह चरणको खेलमा इटालीसँग खेलको हाफ टाइममै मैदान बाहिरिएका थिए। तर, स्पेनका लागि महत्त्वपूर्ण खेलाडी रहेका यामलले जर्जियासँगको प्रि-क्वार्टरफाइनलमा उनका म्यानेजरले ३० हजार पाउण्ड फाइन तिरेरै खेलाए।

तर, सेमिफाइनलमा भने उनले जर्मनीसँगको खेलमा फाइन तिर्नुपरेन किनभने त्यो अन टाइममै थियो। तर, सेमिफाइनलमा उनले जरिवाना तिर्नुपरेको छ।

यो खेलमा यमललाई खेलाएवापत स्पेनले ४८ हजार यूरो तिर्नुपर्ने हुन्छ। कानून उल्लंघन गरेको भन्दै स्पेनको फुटबल महासंघलाई जर्मनीले जरिवाना तिराउनेछ। गएराति भएको खेलमा उनी ८५औं मिनेटमा मैदान छाडेका थिए।

फाइनल खेल पनि सोही समयमा हुने भएकोले जर्मनीले यो खेलसम्म यामललाई खेलाउन १ लाख ५० हजार जरिवाना तिनुपर्ने हुन्छ। ​

मेस्सीका चेला यामल

१६ वर्षे ठिटो यामल मेस्सीका डाइहार्ट फ्यान हुन्। उनी मेस्सीलाई ने गुरु मान्छन्। यामल अहिले बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी हुन्। अर्जेन्टिनाका स्टार लियोनल मेस्सी बार्सामा हुँदा उनी जन्मिएका हुन्।

उनले मेस्सीसँगका हरेक तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले एउटा पोस्टमा लेखेका छन्, ‘मेस्सीले लगाएको एडिडासको बुट हेरेर मैले फुटबल सिकेँ।’

उनले आफूलाई मेस्सीले नुहाइदिएको फोटो पनि सार्वजनिक गरेका छन्।

संयोग पनि कस्तो भने दुवैले आजै एक-एक गोल गरेका छन्। मेस्सीले कोपा अमेरिकामा गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याउँदा यामलले यूरो कपमा गोल गरेर टोलीलाई उपाधि नजिक पुर्‍याएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP