ओलिभर जिरुडले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

एजेन्सी

काठमाडौं : फ्रान्सको राष्ट्रिय फुटबल टोलीका स्टाइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्।

१३ वर्षसम्म राष्ट्रिय टोलीबाट खेलेका जिरुडले इन्स्टाग्राममा एक सन्देश लेख्दै सन्न्यासको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘फ्रेन्च राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ। म १३ वर्षसम्म टोलीको हिस्सा रहे। त्यो मेरो हृदयमा सधैं रहिरहने छ। यो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो।’

फ्रान्सका उच्च गोलकर्तासमेत रहेका जिरुडले राष्ट्रिय टोलीबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन्। फ्रान्सले सन् २०१८ को विश्वकप जित्दा जिरुड टोलीका महत्वपूर्ण सदस्य थिए। उनले गत मेमा युरोपियन च्याम्पियनसिप आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए।

भर्खरै सम्पन्न प्रतियोगितामा जिरुडले वैकल्पिक खेलाडीका रूपमा चार खेलमा अवसर पाए। तर, फ्रान्स सेमिफाइनलबाट बाहिरियो। जिरुडले सन् २०११ मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP