काठमाडौं ः सुदूरपश्चिम प्रदेशमा ‘बजेट होलिडे’ सुरु भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले गत असार १ गते प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमान बजेट पारित हुन नसकेपछि आज साउन १ गतेदेखि बजेट होलिडे सुरु भएको हो।
अन्तरसरकारी वीत्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (२) अनुसार प्रदेश प्रत्येक वर्षको असार १ गतेभित्र प्रदेश सभामा आगामी वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार प्रदेश सरकारले समयमै राजश्व तथा व्ययको अनुमान सभामा पेश गरेको थियो।
यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित भइसक्नुपर्ने थियो। तर, सत्ता साझेदार दलहरुबाटै र प्रतिपक्ष दलहरुले समेत विरोध गरेपछि उक्त बजेट पारित हुन् सकेन।
बजेट पारित नभएपछि नयाँ आर्थिक वर्षको पहिलो दिन मंगलवारदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया