Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

पेरिस ओलम्पिक : सुस्मिताको खेल आज


ललितपुर : पेरिस ओलम्पिकको २ दिनको खेल सकिँदा नेपाली २ खेलाडीले प्रर्दशन खेलेका छन्।

छनौट चरण पार गरेर पेरिस ओलम्पिकमा छनौट भएका टेबलटेनिसका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित हुँदै बाहिरएका छन्।

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि समूहचरणको पहिलो खेलमै दोस्रो वरियताका डेनमार्कका भिक्टोर एक्सेलसनसँग पराजित भए। बाँकी दुई खेलमा पनि बलिया प्रतिद्वन्द्वी भएकाले प्रिन्सको यात्रा पनि कठिन हुने देखिएको छ।

कठिन समूहमा परेका प्रिन्स शनिबार राती सम्पन्न पुरुष सिंगलतर्फको खेलमा डेनमार्कका भिक्टोर एक्सेलसनसँग पराजित भए।

विश्वको दोस्रो वरियताका तथा दुईपल्टका विश्व च्याम्पियन भिक्टोरसँग प्रिन्स २१–८ र २१–६ को सोझो सेटमा पराजित हुन पुगे। समूह ‘पी मा परेका प्रिन्सले आफ्नो दोस्रो खेलमा सोमबार राती आयरल्यान्डका नहत गुएनसँग खेल्नेछन् ।

अर्को चरणमा पुग्न गतिलो नतिजासहित उनलाई जित्नै पर्ने दबाब छ। आइरिस गुएन पनि युरोपियन यू–१७ च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन्। पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडीबीच १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ।

प्रिन्सले समूहचरणको अन्तिम खेलमा तीनपल्ट ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमनसँग प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन्। राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन् । प्रत्येक खेल बेस्ट अफ थ्रीमा हुनेछ।

ब्याडमिन्टनको प्रतिस्पर्धा पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा जुलाई २७ देखि अगस्ट ५ सम्म हुनेछ। नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा प्रिन्स पेरिस ओलम्पिकमा प्रशिक्षकबिना नै पुगेका थिए।

स्यान्टुको यात्रा सकियो

यसअघि ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग ४–० को सेटमा पराजित भएका थिए।​ वरियताविहीन रहेका २४ वर्षीय स्यान्टु प्रारम्भिक चरणको खेलमा शनिबार सेनेगलका इब्राहिम डियाबसँग १२–१०, ११–३, ११–४ र ११–५ को सेटमा पराजित भए।

छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेर उनले इतिहास बनाएका थिए। यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। स्यान्टुले घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई हराएर पेरिस ओलम्पिकका लागि छनोट भएका थिए।​​

आइतबार सुटिङ र सोमबार जुडोको प्रतिस्पर्धा

आइतबार सुटिङकी खेलाडी सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्। जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पहिलो चरणमा सोमबार सर्बियन खेलाडी मारिका पेरिसिकसँग महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा खेल्दै छिन्।

खेल सोमबार च्याम्प–डे–मार्स एरेना म्याट १ मा हुनेछ। पहिलो चरणको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्ने। मनिताले कन्टिनेन्टर कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन्।​

एलेक्स र डुवानाको खेल मंगलबार

पौडी खेलाडी एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा जुलाई ३० मा प्रतिस्पर्धा गर्नेछन्। यस इभेन्टको हिट चरण पार भए फाइनल चरण जुलाई ३१ मा हुनेछ। यस पुरुष इभेन्टमा ६५ देशका ७९ खेलाडी सहभागी छन्।

यस्तै अर्की पौडी खेलाडी डुवानाले महिला २०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछिन्। डुवाना सहभागी इभेन्टमा २७ वटा देशका ३१ खेलाडी सहभागी छन्। उनको पनि हिट चरणको खेल जुलाई ३० मा हुनेछ भने फाइनल चरणको खेल जुलाई ३१ मा हुनेछ।​

ओलम्पिक सकिने दिन सन्तोषीको खेल

एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।

उनीसँग विश्वका ९५ जना धाविकाले प्रतिस्पर्धा गर्नेछन्। सन्तोषीको पहिलो सहभागिता भएपनि ओलम्पिकमा महिला म्याराथनमा भने नेपालको तेस्रो प्रतिस्पर्धा हो। यसअघि सन् १९८८ सियोल ओलम्पिक राजकुमारी पाण्डे र सन् १९९६ को एटलान्टा ओलम्पिकमा विमला रानामगले महिला म्याराथनमा भाग लिएका थिए। उनी मंगलबार मात्रै पेरिसतर्फ जाँदैछिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP