Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पेरिस ओलम्पिकमा देखाएको ‘स्वाग’का कारण विश्वभर चर्चामा डिकेक


अहिले फ्रान्समा पेरिस ओलम्पिकमा विभिन्न विधामा प्रतिस्पर्धा चलिरहेको छ। तर, ओलम्पिकमा एक खेलाडीले देखाएको ‘स्वाग’ले यतिबेला विश्वभर तहल्का मच्चाएको छ।

एक साधारण कपडा लगाएर कुनै तामझामबिना एक खेलाडी आयो। ‘स्वाग’पूर्ण खेल खेल्यो। अनि मेडल जित्यो अनि हिँड्यो। जित्नुको कुनै उत्साह पनि उसले अनुहारमा देखाएन।

यतिसम्मको रजत पदक जितेका ती खेलाडीको चर्चा स्वर्ण पदक पाउने खेलाडीभन्दा ज्यादा छ।

यो कहानी हो टर्कीका सुटर युसुफ डिकेकको। फाइनलमा उनी सर्बियाका सुटरसँग पराजित भए। स्वर्णको सट्टा रजत पदक हात पारे।

तर, जितपछि उनी आफ्नो क्याजुअल लुकका कारण रातारात इन्टरनेट सेन्सेसन बने। युसुफको यो पर्फमेन्सले उनी मात्र होइन उनको देश टर्की एकफेर विश्वभर चर्चामा रहेको छ।

डिकेक ओलम्पिकमा आफ्नो टोलीको सेतो टिसर्ट र ट्र्याक प्यान्ट लगाएका थिए। उनले अन्य सुटरहरू जसरी कुनै तामझाम गरेनन्। यतिसम्म कि आँखा कभर वा एयर कभर जस्ता कुनै विशेष उपकरण पनि लगाएनन्।

५१ वर्षीय टर्की सुटर डिकेक आजकाल सामाजिक सञ्जाल स्टार बनेका छन्। फेसबुकदेखि इन्स्टासम्म उनको चर्चा चलिरहेको छ। मिमहरू बन्ने क्रम रोकिएको छैन।

जुलाई ३१ मा पेरिस ओलम्पिकको १० मिटर एयर पिस्टल मिक्स टिम इभेन्टको फाइनलमा डिकेकले पेस्तोल समातेर एउटा हात खल्तीमा राखे। निशाना लगाए।

साथी खेलाडी सेवल इलैडा तरहानसँग मिलेर देशका लागि ओलम्पिकमा रजत जितेका छन्। खेलकुद विज्ञहरूले टिप्पणी गर्दै भनेका छन्, ‘उनी स्वर्णका हकदार थिए।’

अनुभवी खेलाडी

कतिपय संचारमाध्यमले उनी पहिलोपटक भाग लिएको बताएका छन्। जबकि वास्तविकता के हो भने डिकेक सन् २००८ मा पहिलोपटक बेइजिङ ओलम्पिकमा भाग लिएका थिए। तर, उनले १६ वर्षपछि मात्र सफलता हात पारेका छन्।

१० मिटर एयर पिस्टलमा रजत पदक उनको करियरको पहिलो ओलम्पिक पदक हो। यति मात्र होइन, टर्कीको सुटिङ इतिहासमा यो पहिलो ओलम्पिक पदक मानिएको छ।

डिकेक र उनका साथी तरहानले सर्बियाली जोडीसँग मात्र २ अंकले स्वर्ण गुमाए। सर्बियाका दामिर मिकेक र जोराना अरुनोभिकको जोडीले १६–१४ को अन्तरले स्वर्ण जिते। सोही प्रतियोगितामा भारतका मनु भाकेर र सरबजोत सिंहको जोडीले कांस्य पदक जितेका छन्।

के छ सुटिङ किटमा

सुटिङ किटमा दुई उपकरण प्रयोग गरिन्छ। एउटा चस्मा र अर्को हेडफोन हो। चस्मामा २ लेन्स छन्, पहिलो लेन्सले धमिलो दृष्टि हटाउँछ र दोस्रो लेन्सले लक्ष्यमा एकाग्रता प्रदान गर्दछ। त्यस्तै, हेडफोनले बाहिरी आवाज रोक्छ र खेलाडीलाई एकाग्र हुन सहयोग गर्छ।

सामाजिक सञ्जालमा चर्चा

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले अहिले उनलाई रमाइलो कमेन्ट गरेर थप चर्चित बनाउँदै छन्। एक प्रयोगकर्ताले सोधे, ‘टर्कीले ओलम्पिकमा हिटम्यान पठाएको छ?’

हिटम्यान भनेको पेसेवर सुटर हो। एक प्रयोगकर्ताले लेखे, ‘टर्कीले ५१ वर्षीय युवालाई पठायो, जसले विशेष लेन्स र कानको सुरक्षाबिना रजत जित्यो।’

सन् २०२८ मा स्वर्ण जित्ने आशा

डिकेकले सामाजिक सञ्जाल इन्स्टाग्राममा सन् २०२८मा लस एन्जलसमा हुने ओलम्पिकमा स्वर्ण जित्नेमा आफू आशावादी रहेको बताएका छन्।

आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘म धेरै खुसी छु कि हामी टर्कीका लागि पहिलो ओलम्पिक पदक जित्न सफल भयौँ। यो पदक टर्कीका जनतालाई समर्पित छ जसको लागि करोडौं मानिसहरूले प्रार्थना गरेका थिए।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP