काभा महिला लिग : श्रीलंकालाई पराजित गर्दै इरान तेस्रो‚ नेपाल-भारत भिडन्त आजै


काठमाडौँ : इरानले सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिग प्रतियोगितामा बुधवार श्रीलंकालाई सोझो ३ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६, २५-१७ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो।

सेमिफाइनलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।

लिग चरणको खेलमा पनि इरानले श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो भने रोमाञ्चक खेलमा नेपाललाई ३-२ सेटले पराजित गरेको थियो।

उपाधिका लागि नेपाल र भारतबीच आजै खेल हुनेछ। फाइनल खेल अपराह्न ५ बजे शुरु हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP