पर्वत : गर्मी र वर्षायामसँगै बढिरहेको डेंगुको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो पटक गत बिहीवार पोखराको फिस्टेल अस्पतालमा उपचाररत एक जना ५२ वर्षीया महिलाको मृत्यु भएको हो। बिरामी भएपछि उपचारका लागि बिहीवार विहान अस्पतालमा पुगेकी ती महिलाको सोही दिन मृत्यु भएको हो।
निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माका अनुसार यसअघि गत साउन १० गते तनहुँको व्यास नगरपालिका–७ का ४८ वर्षीय पुरुषको उपचारकै क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा र साउन ३१ गते कास्कीको पोखराका ४० वर्षीय एक पुरुषको उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।
११ जिल्ला रहेको गण्डकीका १० जिल्लामा पुस १६ (जनवरी १) यता डेंगुको सङ्क्रमण पुष्टि भएको छ।हिमालपारीको जिल्लाका रूपमा चिनिने र लामखुट्टेको टोकाइबाट सुरक्षित हुने जिल्लाका रूपमा चिनिएका ती दुई जिल्लामध्ये मनाङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। मुस्ताङमा भने यो मौसममा पुष्टि भएको छैन।
शिक्षा अधिकृत शर्माका अनुसार पुस १६ यताको तथ्याङ्क अनुसार सबैभन्दा बढी तनहुँका नौ सय ५६ जनामा सङ्क्रमण भएको छ। त्यसपछि कास्कीका सात सय ५२ जनामा र पर्वतका एक सय २८ जनामा डेंगु देखिएको छ।
यस्तै गोरखाका ७८ जनामा, बागलुङका ६९ जनामा, लमजुङका ५६ जनामा, स्याङ्जाका ४८ जनामा, म्याग्दीका ४३ जनामा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २५ जनामा सङ्क्रमणको पुष्टि भइसकेको छ।
पुसको तेस्रो सातामा करिब १७/१८ जनामा सङ्क्रमणको पुष्टि हुँदै आएकोमा मध्य वैशाखमा आइपुग्दा सङ्क्रमणको पुष्टि हुने दर शून्यमा झरेको थियो। मध्य जेठबाट उकालो लाग्न थालेकोमा सबैभन्दा बढी पछिल्ला केही दिन अगाडिको एक हप्तामा छ सय ३३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया