Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

साफ यू-२० च्याम्पियनसिपको दुवै सेमिफाइनल सातदोबाटोमा


ललितपुर : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल आइतबार दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। नेपाल समूह ‘ए’ को विजेता हो भने भुटान समूह ‘बी’को उपविजेता हो।

समूह चरणको खेलमा नेपालले श्रीलंकालाई १-० ले तथा बंगलादेशलाई २-१ ले हराएको थियो। भुटानले भने पहिलो खेलमा भारतसँग १-० को हार बेहोर्दा दोस्रो खेलमा माल्दिभ्सलाई २-० ले पाखा लगाएको थियो।

यसअघि समूह बि को अन्तिम खेलमा शुक्रबार भारतले माल्दिभ्सलाई १–० ले हराएपछि , नेपालको भेट भुटानसँग हुने पक्का भएको थियो।

खेलको इन्जुरी समयमा मंगलेन्थाङ किपगेनले गरेको एक मात्र गोल भारतलाई समूह विजेता बनाउँदै अन्तिम चारमा पुर्‍याउने माध्यम बन्यो। यो नतिजाले भुटानलाई पनि अगाडि बढ्न सहज भयो।

अर्को सेमिफाइनलमा सोमबार समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो संस्करणमा यी दुई टोलीबीच उपाधिका लागि भिडन्त भएको थियो, जुन खेलमा भारत विजयी भएको थियो।

फाइनल खेल आगामी बुधबार हुनेछ।

समूह ए मा नेपाल ६ अंकसहित समूह विजेता र बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा रह्यो। अर्को समूहमा भारत ६ अंक सहित पहिलो र भुटान ३ अंकसहित दोस्रो भए।

समूह एबाट श्रीलंका र समूह बीबाट माल्दिभ्स आफ्ना दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

सन् २०१५ मा शुरु भएको यो प्रतियोगिताको छैटौँ संस्करणसम्म आइपुग्दा नेपालले सुरुवाती दुई संस्करण जितेको छ भने त्यसपछि लगातार ३ संस्करण भारतले कब्जा गरेको छ।

यो संस्करणमा अन्तिम समयमा आएर पाकिस्तानले प्रतियोगिताबाट हात झिकेको थियो।

अब दुवै सेमिफाइनल खेल सातदोबाटोमै हुने

यसअघि सेमिफाइनल र फाइनल दशरथ रंगशालामा खेलाउने भनिए पनि रंगशालाको मैदानको अवस्थालाई हेरी सेमिफाइनल खेल पनि सातदोबाटोमै गराउन लागिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

एन्फा प्रवक्ता सुरेश साहका अनुसार दशरथ रंगशालाको मैदानको अवस्थालाई हेरेर अब सेमिफाइनलका दुवै खेल सातदोबाटोमै खेलाइने भएको छ। फाइनल खेल भने रंगशालामा खेलाउने हाम्रो तयारी हो, तर ग्राउण्डको अवस्था उस्तै रहेमा फाइनल खेल पनि सातदोबाटोमै हुन सक्छ’, उनले भने, ‘यस्तो उमेर समूहको ठूलो प्रतियोगिता रंगशालामा गर्न नपाउँदा हामीलाई दु:ख लागिरहेको छ।’

सेमिफाइनल अघिसम्म ११ गोल

साफ य”–२० च्याम्पियनसीप फुटबलको सेमिफाइनल अघिसम्म प्रतियोगितामा ११ गोल भएको छ। समूह ए मा ६ गोल र समूह बीमा ५ गोल भएको छ।

नेपाल र बंगलादेशले ३–३ गोल गर्दा श्रीलंकाले कुनै गोल गर्न सकेन। नेपालले श्रीलंकाविरुद्ध १ र बंगलादेशविरुद्ध २ गोल गरेको छ। यस्तै बंगलादेशबाट नेपालले १ गोल खाएको छ। बंगलादेशले श्रीलंकाविरुद्ध २ गोल गरेको छ।

भारतले भुटान र माल्दिभ्सविरुद्ध १-१ गरी कुल २ गोल गरिसकेको छ। भुटानले माल्दिभ्सविरुद्ध २ गोल गर्दा उसले भारत र माल्दिभ्सबाटै १-१ गोल खाएको छ। माल्दिभ्सले १ गोल गर्दा थप ३ गोल खाएको छ।

सर्वाधिक गोलकर्तामा धामी र मिराजुल अगाडी

​प्रतियोगितामा नेपालका निराजन धामी र बंगलादेशका मिराजुल इस्लामले अहिलेसम्म सर्वाधिक २-२ गोल गरेका छन्। धामीले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए भने अर्को एक गोल बंगलादेशविरुद्ध गरे।

बंगलादेशका मिराजुलले नेपाल र श्रीलंकाविरुद्ध १-१ गोल गरेका छन्। पालका समीर तामाङ, बंगलादेशका नोभा, भारतका मोनिरुल नोभा र मङलेङथाङ किपाङले १-१ गोल गरे। यस्तै भुटानका जितसुङ दोर्जी र नवाङ छोपेल तथा माल्दिभ्सका इस अफ्रु महोम्मद फिरागले १-१ गोल गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP