Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दर्शक उपेक्षामा परेको साफ यू-२० च्याम्पियनसिप


ललितपुर : नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। ​सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार नेपाललाई ४-१ ले हराउँदै बंगलादेशले च्याम्पियनसिप जितेको हो।

आयोजक रहेको नेपालका लागि दशरथ रंगशालामा खेल नहुँदा गत भदौ २ गतेदेखि १३ गतेसम्म सातदोबाटोमा चलेको साफ यू-२० च्याम्पियनसिपको ओज त्यति देखिएन।

प्रतियोगिता अघि रंगशालामै खेल सञ्चालन गरिने भनिए पनि एएफसी कपको प्रारम्भिक छनोटका क्रममा भुटानको पारो एफसी र चर्च ब्वाइज युनाइटेडको खेलपछि यहाँ खेलाउन सकिएन।

अखिल नेपाल फुटबल संघ एन्फाले लिगका खेल सातदोबाटो गरे पनि त्यसपछि सेमिफाइनल र फाइनलका खेल रंगशालामा गर्ने भन्यो। तर सेमिफाइनल भइसक्दा पनि खुलेरै एन्फाले रंगशालामा नहुने भनेर आधिकारिकरूपमा प्रष्ट पारेको थिएन। तर फाइनल खेल पनि सातदोबाटोमै भइछाड्यो।

कहाँ १५ हजार दर्शक क्षमता अट्ने दशरथ रंगशालासँग जम्मा २ हजार दर्शक पनि नअट्ने सातदोबाटोको एन्फा मैदान। सेमिफाइनलभन्दा फाइनलमा दर्शकको ओइरो लाग्यो। दर्शक बढे तर मैदानमा अट्ने क्षमता उही।

गोदावरी नगरपालिका ३ बडिखेलका सुमन थापाले प्रतियोगिताको वेट अनुसार आयोजनासँगै दर्शक अट्ने क्षमता पनि मैदानमा बनाउनुपर्ने सुझाव दिए। १४ सय दर्शकले टिकटबाट र बाँकी ३०० दर्शकले पास लगायत अन्य माध्यमबाट सातदोबाटोमा गएर फुटबल हेरे।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सीमित दर्शक क्षमता भएकाले फाइनल हेर्न आएका धेरै दर्शक भित्र छिर्न नपाई निराश भएर फर्के। टिकट सीमित भएकाले हेर्न भनेर आएका सुशील पोखरेल पनि फाइनल नै नहेरी फर्किए। रंगशालामा भएको भए। जति पनि दर्शक छिर्न पुग्यो। यहाँ ठाउँ नै सानो के गर्नु ? कति वरपरका घरघरका छतमा बसेर त कतिले टेनिसको भवनको जस्ताको छानोमा चढेर पनि फुटबल हेरे। कतिले पर्खालमा चढेर पनि मैदानमा जसोतसो हेर्दै फुटबलको मजा लिए।

हुन त अनलाइन र टीभीबाट पनि प्रत्यक्ष प्रसारण भए पनि मैदान नजिकैबाट प्रत्यक्ष फुटबल हेर्नुको बेग्लै मजाले दर्शक त्यहाँ होमिएका थिए। दर्शकका लागि तयार पारिएको प्याराफिट नपुगेर उत्तर र पश्चिमपट्टि एन्फाले म्यादी प्याराफिट बनाएको थियो।

सातदोबाटोमा भएको पश्चिमपट्टिको म्यादी प्याराफिटमा छानो नहुँदा बुधबार फाइनल खेल चलिरहँदा दर्शकले पानीमा भिजेर फुटबल हेरेका थिए।

दर्शकका लागि पार्किङ समस्या

फुटबल हेर्न जाने दर्शकका लागि सवारी साधन राख्ने पर्याप्त पार्किङ नहुँदा दर्शकका लागि समस्या भएको थियो। उनीहरूले एन्फा परिसर बाहिर सडककै दायाँ-बायाँ गाडी तथा मोटरसाइकल राखेका थिए। यसका कारण एन्फा आसपास सवारी साधन पास हुन समेत हम्मेहम्मे परेको थियो।

फुटबल हुने दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म एन्फा परिसर, ओलम्पिक कमिटीको भवन बाहिर, टेनिस र स्क्वासको परिसरबाहिर सडकमा जाम हुने र त्यहाँ भएर वारपार गर्न समेत कठिन भएको थियो। पार्किङको समस्याले गर्दा त्यहाँ सडकमा पार्किङ गरेका आफ्ना सवारी साधन के भयो होला भन्ने चिन्ताले दर्शकले फुटबलको पूरा मजा लिन सकेनन्।

लुभुका विक्रम घिमlरे फुटबल खेल्ने मैदान मात्र नभएर त्यसका लागि चाहिने अरु पूर्वाधार पनि सँगसँगै लैजानुपर्ने बताए। ‘सातदोबाटोको भित्री बाटोमै गाडी पार्किङ गर्नुपर्‍यो’, उनले भने, ‘तर के गर्नु भित्र फुटबल हेरिरहँदा पनि बाहिर आफ्नो गाडी के भयो होला भन्ने चिन्ता भयो।’

प्रतियोगिता गराउनु नै उपलब्धि !
यता दशरथ रंगशालाको मैदानको अवस्थालाई ध्यानमा राखेर प्रतियोगिताका सबै खेल सातदोबाटोमै खेलाउनुपरेको अखिल नेपाल संघ एन्फाले जनाएको छ। आयोजक भएकाले जसरी पनि प्रतियोगिता सम्पन्न गर्नु मुख्य दायित्व भएको एन्फा प्रवक्ता सुरेश साहले बताए।

उनले दशरथ रंगशालाको मैदानको अवस्थालाई हेरेर हामीले फाइनलका खेल सातदोबाटोमै खेलाउन बाध्य भएको बताए। ‘फाइनल खेल भने रंगशालामा खेलाउने हाम्रो तयारी थियो। तर ग्राउण्डको अवस्था उस्तै रहेको र पानी परिरहेकाले फाइनल खेल पनि सातदोबाटोमै खेलाउन बाध्य भयौँ’, उनले भने, ‘यस्तो उमेर समूहको ठूलो प्रतियोगिता रंगशालामा गर्न नपाउँदा हामीलाई दु:ख लागेको छ।’

पानीको बोतलले हाने

फाइनलमा नेपालले जब लगातार ३ गोल खाएको थियो। तब नेपाली दर्शकको धैर्य टुटेको थियो। पूर्वी पाराफिटमा बसेका दर्शकले अन्धाधुन्ध पानीका बोतलले मैदानमा हानेका थिए। त्यसपछि स्वयं नेपाली खेलाडी नै आएर बोतल नफाल्न भनेपछि दर्शक संयमित भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP