स्वास्थ्य करको सबै रकम बीमाका लागि दिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि न माग गरेका छन्। स्वास्थ्य बीमालाई ५ लाखसम्म स्रोतको सुनिश्चित गर्न पनि सो व्यवस्था मिलाउन आफूहरु लागि परेको मन्त्री पौडेलको दावी थियो।

शुक्रवार वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ कार्यक्रममा उनले सरकारी कर्मचारीहरुको तलबको २ प्रतिशत रकम पनि स्वास्थ्य बीमा कार्यक्रमका लागि छुट्याउनुपर्ने प्रस्ताव गरे।

स्वास्थ्य बीमाको स्रोत सुनिश्चित गर्न सरकारले आधार खोजी गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसका व्यवस्था हुनेबित्तिकै स्वास्थ्य बीमाबापत ५ लाख रकम पाउने व्यवस्था गर्ने बताए।

त्यस अवसरमा उनले वीर अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए।

‘राज्यको वेतन खानेहरुले २ प्रतिशत बीमामा योगदान गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले भनेका छौँ। स्वास्थ्य कर कोषको सबै पैसा बीमामा जाने व्यवस्था गरिनुपर्दछ‚’ उनले भने, ‘बीमाको स्रोत सुनिश्चित गर्नका निम्ति हामीले आधार खोजीरहेका छौं । यो आधार विश्वसनीय भईसकेपछि सरकारले ५ लाख बीमा प्राप्त गर्नेगरी यो बीमाको व्यवस्थापन गर्नेछ।’

मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP