अनेक पाण्डे
कपिलवस्तु भाद्र २७
सशस्त्र प्रहरी बल कृष्णनगर बाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्ट को कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा ( sentivin-1) ३०० पत्ता जम्मा ३००० गोटा र( Zensolin ) ३०० पत्ता जम्मा ३००० गोटा अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेंट सिराजु अन्सारी लगायत को उपस्थिती मा नष्ट गरिएको छ। उक्त औषधी को अनुमानित मुल्य १,५०,०००-/ एक लाख पचास हजार सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया