Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल, एकताबद्ध भएर अघि बढ्न मन्त्रीहरुको सुझाव

काठमाण्डाै – पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ ।

बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको थियो । नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी हुनुभएको थियो ।

आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताउनुभएको छ ।

प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताउनुभएको र विवाद छिटै मिल्ने उहाँको भनाई छ । हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुट्नुभएको हो ।

नेकपा स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP