Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने


काठमाडौँ : नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।

आगामी बुधवारदेखि सोमवारसम्म आयोजना हुने पहिलो संस्करणको वर्ल्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत गर्ने भएको हो। अखिल नेपाल कबड्डी संघले आइतवार एक कार्यक्रम आयोजना गर्दै वर्ल्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाइ गरे।

सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको बताए। साथै उनले अली लामो तयारी, मेहनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याए।

यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दै छन्। यो प्रतियोगिताका लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो। यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ।

विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन्। टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP