Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विप्लवका सेक्रेटरी पक्राउ, अनुसन्धान गर्न प्रहरीलाई पाँचदिने म्याद


बारा
नेत्रविक्रम चन्द विप्लव समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर ४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका एसपी विकासराज खनालले जानकारी दिए ।
बाराका प्रहरी अधिकारीहरुका अनुसार जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको थियो । उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र उनीमाथि बिभिन्न मुद्दाहरु पनि रहेकाले पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ । मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतंकलगायतका आधा दर्जनभन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP