एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो खेलमा नेपाल पुरुष टिम पराजित


काठमाडौं : एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो। यस्तै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो।

चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। जसमा ओपनिङ सेसन अघि सात खेल सम्पन्न भएको छ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP