Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

एभरेष्ट महिला भलिबल : ललितपुर र कर्णाली आज उपाधिका लागि भिड्ने


काठमाडौं : एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दैछन्।

यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले लिग चरणका सबै पाँचवटा खेलमा जित निकालेर १३ अंक जोडेको छ।

उसको प्रतिद्वन्द्वी ललितपुर क्विन्सले भने पाँचमध्ये ३ खेलमा जित निकालेर १० अंक जोडेको छ। समान तीन खेलमा जित निकालेको काठमाडौं स्पाइकर्सलाई एक अंकले पछि पार्दै ललितपुरले फाइनल भिडन्त पक्का गरेको हो। यो खेलमा कर्णाली अपराजित यात्रालाई निरन्तरता दिँदै उपाधि चुम्ने लक्ष्यमा हुँदा ललितपुर क्विन्स भने अघिल्लो हारको बदला लिने लक्ष्यमा हुनेछ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगितामा सहभागी ६ टोलीमध्ये काठमाडौं तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो भने चितवन शक्ति र गण्डकी चौथो र पाँचौ स्थानमा रहे। सबै खेलमा पराजित भएको मधेश युनाइटेड भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP