Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जोए रुट बने टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी


काठमाण्डाै – जोए रुट टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

मुल्तानमा चलिरहेको घरेलु टोली पाकिस्तानसँगको पहिलो टेस्टमा ७१ रन बनाउँदै रुट टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् । उनले एलेस्टर कुकलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।

कुकले १ सय ६१ खेलमा ३३ शतक र ५७ अर्धशतकसहित १२ हजार ४ सय ७२ रन बनाएका छन् । रुटले १ सय ४७ खेलमा ३४ शतक र ६५ अर्धशतकसहित १२ हजार ४ सय ७३ रन बनाउँदै कुकलाई पछि पारेका हुन् ।

योसँगै जोए रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटमा भारतका सचित तेन्दुलकरले सबैभन्दा धेरै १५ हजार ९ सय २१ रन बनाएका छन् । यो सूचीको दोस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका ज्याक कलिस र चौथो स्थानमा भारतकै राहुल द्रभिड छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP