सिरि ए फुटबलमा ईन्टर मिलानको फराकिलो जित

सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ ।

गएराति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ ।

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।

लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए । उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ । उनले क्लबसँग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन् ।

जितसँगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP