Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

बुटवलमा पहिलो ब्यवस्थित अर्गानिक कृषि बजार स्थापना

रुपन्देही २९ साउन

प्रदेश ५ सरकारको कृषि मन्त्रालयले कृषिक्षेत्रमा धेरै नयाँ कामको थालनी गरेकोछ । गरीबीको रेखामुनि रहेका १२ जिल्लाका किसानलाई कृषि उपकरण अनुदानमा वितरण गर्ने देखि किसानले उत्पादन गरेका कृषि उपज सहकारी मार्फत खरीद र विक्री वितरणको ब्यवस्था मिलाउने काम भएकाछन् ।

यसै बीच पछिल्लो पटक गाउँका किसानलाई अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहन गर्ने र शहरका उपभोक्ताहरुलाई स्वच्छ तरकारी उपलव्ध गराउने मूख्य उद्देश्यसहित बुटवलमा पहिलो ब्यवस्थित अर्गानिक कृषि बजार स्थापना भएको छ ।

बुधबार उक्त कृषि बजारको उदघाटन गर्दै प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अव किसानले पनि अर्गानिक उत्पादनलाई अव विशेष जोड दिनुपर्ने र उपभोक्ताले पनि त्यस्ता उत्पादनलाई प्राथमिकता साथ खरिद गरेर प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कृषि बजारमा विभिन्न ६० वटा कृषि समूहले उत्पादन गरेका कृषिजन्य तरकारी उपज विक्रीका लागि राखिएको छ । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशीलता कम्पनी प्रालिले ४४ लाख रुपैया लगानी गरी उक्त अर्गानिक कृषि बजार स्थापना गरेको हो ।

उक्त प्रालिका अध्यक्ष बामदेव क्षेत्रीले गाउँका किसानहरुको अर्गानिक उत्पादनलाई शहरमा विक्री गरी किसान र उपभोक्ताबीच पुलको काम गर्न लागिएको र यसवाट किसान र उपभोक्ता दुवैलाई फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष क्षेत्रीले किसानलाई पहिला अर्गानिक खेती गर्ने तरिकाबारे जानकारी दिने, सोही अनुसारको कृषिजन्य उत्पादन र ती बस्तुको बजारीकरण गर्नमा कृषि बजारले विशेष भूमिका खेल्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा कृषि स्थापना गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP