Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

पुल बनेपछी स्थानियलाई सहज

माधव बेल्वासे
कपिलवस्तु
विगत लामो समय देखी पुल नहुदा समस्यामा रहेको भितिरिया बासिलाई पुल बनेपछी आवतजावतमा सहज भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ३ मा पर्ने भितिरिया गाउँ वाट पुर्व पश्चिम राजमार्ग आउन समस्या हुदै आएको थियो । भितिरिया गाउँमा जान दुई वटा खोला पर्दछन । मैनार खोल र सुकवेल खोेला झलुङ्गेपुल बनेपछी सहज भएको स्थानियहरुको भनाई छ । वर्खाको समयमा आवत जावतमा समस्या भोगिरहेको गाउँवासिमा पुल बनेपछी आवतजावत गरिरहेका छन । पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो । ८० घरधुरी रहेको भितिरिया गाउँमा पुल बनेपछी अहिले स्थानियहरु पुल वाटै आवतजावत गर्ने गरेका छन ।
नेपाल सरकारले तुइन हटाउने योजना स्वरुप देशैभर संचालन गरेको अभियान स्वरुप कपिलवस्तुका विभिन्न ठाउमा झलुङ्गेपुल निमार्ण भइरहेको छ । लिडो नामक सस्थाको प्रविधिक सहयोगमा ४९ लाख को लागतमा निमार्ण भएको निमार्ण उपभोक्त समितिका अध्यक्ष कपिलदेव खनालले वताए । ५० मिटर लम्वाईमा निमार्ण भएको उक्त पुल वर्खाको समय भएकाले निमार्णमा केहि समस्या आएको खनाले जनाए । अहिले काम सम्पन्न भइसकेको छ मोटरसाईकल ,साइकल र पैदाल यात्रुहरु पुलको माध्यम वाटै आवतजावत गरिरहेका छन अध्यक्ष खनालले वताए।

पुल नहुदा विद्यार्थीलाई विद्यालय पुग्न र विरामीहरुलाई स्वास्थ्य सस्था पुग्न समस्या भएको थियो । वर्षातको समयमा करिव एक महिना सम्म विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था रहेको स्थानिय राम अवतार चौधरी वताए । विद्यालय जान भनि विद्यार्थी खोला सम्म आउने तर खोलामा वाढी आउदा फर्किने गरेका थिए अहिले पुल बनेपछी नियमित विद्यालय जाने गरेका छन चौधरीले भने ।
यति मात्र होईन जागिर गर्ने तथा बजार जान पनि वर्खाको समयमा समस्या रहदै आएको वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।“ पुल निमार्ण भएको छ अव गाउवासीलाई सहज हुने अपेक्षा लिएको छु” सापकोटाले भने । भितिरिया गाउँ पुरानो गाउँ भएपनि विकासमा पछाडि रहेकोले वडा ले भितिरियालाई प्राथमिकतामा राखेको उनले जनाए । खरेन्द्रपुर देखी भितिरिया सम्म जाने सडकमा पर्ने वेलनदीमा पक्की पुलको काम सुरु भएको उनले जनाए । १ करोड १३ लाखको लगानीमा उक्त पुल चैत्र सम्म निमार्ण काम सम्पन्न हुने सापकोटाले वताए ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका सवै गाउँ हरु सम्म जोड पुलको व्यवास्था हुने वताए । अव कसैले पनि नदि तथा खोलाको कारणले गन्तव्य सम्म पुग्न नसक्ने पिडा सहन नपर्ने जनाए । शिवराज नगरपालिका पछाडि परेका गाउँहरुलाई अहिले प्राथमिकतामा साथ हेरिरहेको जिकिर गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP