Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने

पाल्पा : पूर्वखोला गाउँपालिकामा १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ।

मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका-१ सिलुवाको आयोजनामा आठौँ मण्डली कप १०८१ हुने भएको हो।

खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको क्लबका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठले बताए।

आइतवार तानसेनमा पत्रकार सम्मेलन गरी यही कात्तिक २१ देखि २४ गतेसम्म खेल सञ्चालन हुने उनले जानकारी दिए। सिलुवास्थित मण्डली खेल मैदानमा प्रतियोगिता हुनेछ।

पुरुष भलिबलतर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ७० हजार र सान्त्वना हुनेले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता टिमलाई कप, मेडल र प्रमाणपत्रसमेत दिइने श्रेष्ठले बताए।

उनका अनुसार महिला भलिबल प्रतियोगिता पनि हुनेछ। प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ।

पुरुष भलिबलतर्फ ६ टिम सहभागी हुनेछन्। महिलातर्फ ४ टिमबीच प्रतिस्पर्धा हुने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले बताए।

प्रतियोगितामा सहभागी हुने क्लबले खेलाडी किनेर पनि ल्याउन सक्नेछन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी पनि समावेश हुनेछन्। देशका विभिन्न ठाउँबाट राष्ट्रिय खेलाडी सम्पर्कमा आएको उनले बताए।

यस ठाँउको धार्मिक, सांस्कृतिक प्राकृतिक सौन्दर्य र पर्यटकीय हिसाबले प्रचारप्रसार गर्न प्रतियोगिताले सहयोग पुग्ने उनले बताए।

प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुनेछ। पूर्वखोला गाउँपालिका र पाल्पाबाट रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्ति सम्मिलित संघसंस्थाले सहयोग गर्ने बताइएको छ।

क्लबले यसअघि पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सहभागी गराएर विभिन्न प्रतियोगिता सप्पन्न गरिसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP