Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ओली रणनीति बनाउँदै : प्रचण्ड–नेपाल समूह दबाब बढाउँदै

काठमाण्डाै – नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा दुवै पक्ष आआफ्नै रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीतिमा जुटेको छ ।

पार्टी भित्रैबाट राजीनामा माग भएपछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श गरिरहनुभएको छ । हिजो उहाँले बालुवाटारमा आफू निकट मन्त्री र नेताहरूसँग छलफल गर्नुभएको थियो । दिउँसो पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरूसँग पनि परामर्श गर्नुभएको थियो ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले आफ्नो राजीनामा मागेपछि उहाँ दबाबमा पर्नुभएको छ । पार्टी भित्रबाट प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब दिए पनि उहाँ दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । 

आफूमाथि दबाब बढ्दै जाँदा ओलीले विभिन्न विकल्पबारे तयारी गर्नुभएको नेकपाका नेताहरु बताउँछन् । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्याएर सरकार नछाड्ने विकल्प ओलीसँग छ । 

प्रधानमन्त्री ओलीले विभिन्न विकल्पबारे परामर्श गरिरहँदा प्रचण्ड–नेपाल समूहले ओलीमाथि दबाब बनाउने रणनीति लिएको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहको तयारी छ । यो समूहको हिजो ललितपुरमा भएको भोलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको छ । पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।

नेकपाको सचिवालय र स्थायी कमिटीसँगै केन्द्रीय समितिमा पनि ओली अल्पमतमा हुनुहुन्छ । सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य ओलीको विपक्षमा छन् । 

स्थायी कमिटीको हिजो र अस्तिको बैठकमा अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पछिल्लोपटक प्रधानमन्त्री ओलीले भारतीय राज्य संयन्त्र र केही नेताहरू लागेको बताएपछि नेकपामा सत्ता संघर्ष चर्किएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP