
कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ।
लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो।
कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जोशीका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया