Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

नेपालमा वैद्यखाना चलाउन कानूनी बाधा : आयुर्वेद विभाग

काठमाडौँ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसरमा मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष दिएको हो।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरूलाई समेत १० ठाउँमा कर लगाएर गरी खाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनै पनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए।

उनले सिंहदरबार वैद्यखानालाई सञ्चालन गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने माग गरे। उनले स्वस्थ नागरिक बन्न योग र ध्यानमा जोड दिन पनि आग्रह गरे।

महानिर्देशक केसीले भने, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले। त्यो ल्याउन अहिले १० ठाउँमा कर तिर्नुपर्छ। यस्ता नियम परिवर्तन भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बने पनि सरकारले चलाउन सक्दैन। जडिबुटी त्यस्तै भइसक्यो। आफैँ खेती गर्न त्यो सम्भावना नहोला।’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ। महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्न आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP