Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। आज बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन्।

अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ वटा टिमका मार्की खेलाडी सहभागी थिए। ​ ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP