Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

बक्यौता रकम नपाएसम्म लिग नखेल्ने १० क्लबको अडान

काठमाडौं : बी डिभिजन लिगका १४ मध्ये १० क्लबले ३ वर्षअघिको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने अडान लिएका छन्।

सहिद स्मारक बी डिभिजन लिग मिति सार्वजनिक भएको एक साता नबित्दै १० क्लबले अखिल नेपाल फुटबल संघ एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका हुन्। उनीहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बक्यौता रकम नपाएसम्म लिग नखेल्ने लडान लिएका हुन्।

मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबीचको बैठकले माघ १३ गतेबाट बी डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले मंसिर २१ गतेभित्र क्लब दर्ता गर्ने र पुस १३ गते तालिका सार्वजनिक गर्ने निर्णय गरेको थियो।

अन्नपूर्ण क्लब, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज, नयाँबस्ती युथ क्लब, विरगन्ज युनाइटेड, टुसाल युथ क्लब, ब्वाइज युनियन, च्यासल युथ क्लब र झापा फुटबल क्लबले बक्यौता रकम माग गरेका हुन्।

बी डीभिजन लिग पछिल्लो पटक ३ वर्षअघि भएको थियो। सो संस्करणको च्याम्पियनको रुपमा चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको थियो। एन्फाले २०७८ सालमा सम्पन्न लिगको टिम तयारी बापत पाउनु पर्ने रकम अहिलेसम्म नदिएको असन्तुष्ट क्लबहरुको गुनासो छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP