Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

आईपीएलमा किन अटाएनन् बंगलादेशका खेलाडी ?

एजेन्सी

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा बंगलादेशका कुनै पनि खेलाडी अटाउन सकेनन् ।

आईपीएलमा सन् २०२० पछि पहिलोपटक बंगलादेशका क्रिकेटरले खेल्न नपाउने भएका हुन् । बंगलादेश र भारत बीचको सम्बन्धमा अविश्वासको वातावरण रहेका वेला कुनै पनि बंगलादेशी खेलाडीमाथि आईपीएलमा बोली लागेन । कतिपयले यसलाई दुई देशबीचको तनावसँग जोडिरहेका छन् ।

बीसीसीआई वा आईपीएलले बंगलादेशी खेलाडीलाई बोली नलगाइएको बारेमा कुनै टिप्पणी गरेका छैनन् तर बंगलादेश क्रिकेट बोर्डका अधिकारीले यो विषय दक्षतासँग सम्बन्धित रहेको बताएका छन् ।

उनले बंगलादेशी खेलाडीको ‘गुणस्तर’ सामान्य रहेको बताएका बिबिसिले जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक नजमुल अबेदिन फहिमले क्षमताको आधारमा मात्रै आईपीएललाई प्राथमिकता दिएको बताएका छन् । केहीले भने आईपीएलमा बंगलादेशी क्रिकेटरको हिस्सा नरहनुलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय भनेका छन् ।

आईपीएल २०२४ को संस्करणमा मुस्ताफिजुर रहमान मात्र बंगलादेशी खेलाडी थिए जसले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका थिए ।

२०२५ को आईपीएल लिलामीका लागि १ हजार ५७४ खेलाडीले रजिष्ट्रेशन गराएका थिए । तीमध्ये ५७४ खेलाडीलाई १० टोलीले सर्टलिस्ट गरेका थिए र ५७४ खेलाडीमा २०८ जना विदेशी थिए ।

आईपीएल विश्वभरका क्रिकेटरहरूका लागि आफ्नो प्रतिभा देखाउने अवसर हो । यसमा पाकिस्तानी क्रिकेटर भने परेका छैनन्। आईपीएल २००७ मा सुरु भएको थियो र पहिलो सिजनमा मात्र पाकिस्तानी खेलाडीहरूले भाग लिएका थिए ।

सन् २००८ मा मुम्बईमा चरमपन्थी आक्रमण भयो, त्यसपछि दुई देशको राजनीतिक सम्बन्धबाहेक अन्य सम्बन्धमा पनि नकारात्मक प्रभाव पर्‍यो । जसमा क्रिकेटसँग सम्बन्धित सम्बन्ध पनि अछुतो रहेन ।

त्यसयता बीसीसीआईले पाकिस्तानी खेलाडीलाई आईपीएलबाट निष्काशन गरेको थियो । सन् २०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए । तीमध्ये दुईजना रिसद हुसैन र मुस्ताफिजुर रहमान मात्र सर्टलिस्टमा परेका थिए तर उनीहरुलाई पनि कसैले आफ्नो रोजाइमा पारेनन् ।

रिसदले आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका थिए । यो प्रदर्शनपछि उनी विश्वभरका क्रिकेट प्रेमीको नजरमा परे तर भारतसँगको तीन खेलको टी–२० सिरिजमा उनले तीन विकेट मात्र लिन सके ।

मुस्ताफिजुरलाई कसैले नकिन्नु चाहिँ अनाैठो भयाे । आईपीएलका सात सिजन खेलिसकेका उनले छुट्टाछुट्टै पाँचवटा टोलीबाट खेलेका छन् । पछिल्लो आईपीएलमा उनी चेन्नई सुपर किंग्समा थिए र नौ खेलमा १४ विकेट लिएका थिए । उनको आधार मूल्य दुई करोड रुपैयाँ थियो तर कसैले बोली लगाएनन् ।

लिलामीको दोस्रो दिन मुस्ताफिजुर रहमानको नाम आउँदासम्म सबै फ्रेन्चाइजीहरुको गोजी खाली भइसकेका थियो जुन उनको लागि दुर्भाग्य भनिएको छ । त्यसो त गएको आईपीएलमा बीचबाटै बोलाउनुले पनि उनलाई असर गरेको हुनसक्छ ।

लामो समयसम्म आईपीएलको हिस्सा रहेका बंगलादेशका शाकिब अल हसन यो वर्ष सर्टलिस्टमा समेत परेनन् । गत वर्ष मिनी लिलामीमा कसैले पनि उनीमाथि बोली लगाएनन् ।

बंगलादेशका कुनै पनि खेलाडीले आईपीएलमा स्थान बनाउन नसक्दा अफगानिस्तानका खेलाडीहरू लिलामीमा निकै लोकप्रिय बने । बंगलादेशका खेलाडीहरूले आईपीएलको शुरुवातदेखि नै भाग लिएका थिए भने अफगानिस्तान २००७ मा आईसीसीको सदस्य पनि थिएन । आईपीएलको १८ औँ सिजन बंगलादेशी खेलाडीबिना हुनेछ भने अफगानिस्तानका ७ खेलाडीले कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।

आईपीएलमा बंगलादेशी खेलाडीको अनुपस्थितिले उनीहरू टी–२० क्रिकेटमा पछि परेको संकेत गरेको बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्ड

बीसीबीका निर्देशक फहिमले अफगानिस्तानका खेलाडीहरूसँग फ्रेन्चाइज क्रिकेटमा ठूला इनिङस् खेल्ने क्षमता भएकोले प्राथमिकता पाएको टिप्पणी गरेका छन् ।

बंगलादेशको अङ्ग्रेजी अखबार डेली स्टारका अनुसार फहिमले भने, ‘व्यक्तिगत रूपमा म दुःखी छु । हाम्रो गुणस्तर निकै सामान्य छ । यदि विश्वव्यापी मञ्चमा स्थान पाउँछौं भने हामी त्यसको लायक छौं, पाएनौं भने हामी त्यसको हकदार छैनौं । हामी आफ्ना खेलाडीलाई फ्रेन्चाइज लिग गर्न बाध्य पार्न सक्दैनौं । यदि उनीहरूसँग योग्यता र क्षमता छ भने छनोट हुनेछन् ।’

आईपीएलमा अफगानिस्तानका खेलाडीको संख्या बढ्दै जाँदा बंगलादेश उल्टो दिशामा गइरहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP