Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

एसईईको नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, यसरी हेर्न सकिनेछ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निकाल्ने तयारी गरेको छ ।

त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । एसईई को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिने भएको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारसम्ममा नतिजा प्रकाशित गर्ने तयारी रहेको जानकारी दिए । उनले पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय भएको समेत जानकारी दिए ।

परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले आज एक सूचना जारी गरी नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

नजिता हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभीआर गर्न सकिने छ ।

यस्तै, राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेबसाइट WWW.SEE.GOV.NP, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट WWW.NEB.GOV.NP लगायत वेबसाइटबाट हेर्न सकिने छ ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP