नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २७ साउन ।

विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा अध्यक्ष इन्नर थारु र वडा सचिव बाल बहादुर थापाले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री रुप विकको पहलमा विनियोजित बजेटबाट भवन निर्माण हुन लागेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार विकासले गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण आधार तयार गर्ने बताए । उनले विद्यालयको आवश्यकता र विद्यार्थीको सुविधालाई प्राथमिकतामा राखेर टिनकाे छानाेमुक्त भवन अभियानलाई मध्यनजर गर्दै पूर्वाधार विकासका कामलाई निरन्तरता दिएकाे बताए ।

यस्तै वडा अध्यक्ष इन्नर थारुले नयाँ भवन निर्माणपछि विद्यालयमा पठनपाठनका लागि थप सहज वातावरण बन्ने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि वडा तहबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

यसगरी वडा सचिव बाल बहादुर थापा क्षेत्रीले भवन निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रधानाध्यापक मधु कुमारी पौडेलले नयाँ भवन निर्माणले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने बताइन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश चन्द्र चौधरीले विद्यालयको आवश्यकता पूरा गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै भवन निर्माणमा विद्यालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।

भवन निर्माणको जिम्मा रेसुङ्गा बी.एल. जेभी कम्पनीले पाएको छ । कम्पनीका ठेकेदार तिलकराम पौडेलका अनुसार करिब १ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिनेछ ।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP