Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न

कृष्णनगर, २८ पाैष ।

कृष्णनगर नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा सफलतापूर्वक नगर सभा तथा हिउँदे अधिवेशन भएको छ । सम्पन्न अधिवेशनबाट आर्थिक विधेयक, संशोधित योजना, संघसंस्था ऐन तथा लेखा समितिको प्रतिवेदनसमेत प्रस्तुत गरिएको छ ।

नगर प्रमुख शाहले सुशासन, स्वस्थ, समृद्ध र खुशी जनताको लक्ष्यलाई प्राथमिकतामा राख्दै नगरका विकास योजनाहरूलाई प्रभावकारी कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । नगर उपप्रमुख र सदस्य सचिव खेमराज देवकोटाको सहकार्यमा अधिवेशनले नगरपालिकाका विभिन्न योजनाहरूको सुधार र कार्यान्वयनका लागि ठोस निर्णय गरेको छ ।

सभामा नगर सभा सदस्यहरूले प्रस्तुत प्रतिवेदनहरूबारे गहन छलफल गरी आर्थिक विधेयकलाई अनुमोदन गर्ने निर्णयसमेत गरिएको छ । यस अधिवेशनले नगरपालिकाका प्राथमिक योजनाहरूमा सुधार ल्याउँदै नगरवासीहरूको जीवनस्तर उकास्ने दिशामा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नगरपालिकाले यस अधिवेशनमार्फत सुशासन र समृद्धि कायम गर्दै नगरबासीका विश्वास जित्ने उद्देश्य राखेको छ। नगर सभामा नगर प्रवक्ता हरिपाल चर्तुवेदीसहित सदस्यहरू तुग्झनाथ चौधरी, कृष्णकुमार गुप्ता, सगिर अहमद, घनश्याम बनिया, जमिल अहमद, जावेद खान, राजकिशोर यादव, नूर मोहम्मद मुसलमान, सतिश कुमार हरिजन, जीवन श्रीवास्तव, र प्रहलाद यादवले नगरपालिकाका गतिविधिहरूका बारेमा छलफल गरेका थिए । उनीहरूले जनताको प्रत्यक्ष सहभागिता र सुझावलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP