Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर

सुर्खेत : राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवलशमशेर राणाले पूर्वराजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मलनिवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ दाबी गरेका छन्। साथै उनले राजालाई अब चाँडै नै राजगद्दीमा राख्ने उद्घोषसमेत गरे।

‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मलनिवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्म निरपेक्षतावादीहरुको मुटु हल्लिएको छ। अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै भने।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्म निरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्म निरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ रु चैट गर्छौं,’ उनले भने।

‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’ गणतन्त्रवादी पार्टीहरुको मुटु थर्किएपछि यिनीहरु हिजोबाट एक ठाउँ आउने योजनामा छन्, भन्दै राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नुपर्दछ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए। १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रीतिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन चैत्रमा राजधानी आउन आमन्त्रण गरे।

कार्यक्रम बीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP