Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै

काठमाडौं : कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।

कोशी प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो। गत असोज ४ गते पाँचौं अधिवेशन अन्त्य भएकोमा चार महिनापछि हिउँदे अधिवेशन आज दिउँसो २ बजेलाई आह्वान गरिएको छ। अधिवेशनको पहिलो दिन आज प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

यस्तै केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश गर्ने र मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ। यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पनि पेश हुने प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच, कर्णाली प्रदेशको हिउँदे अधिवेसनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। अधिवेशनको पहिलो दिन भएकोले आज अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची मात्रै रहेको प्रदेशसभा सचिवालयका उपसचिव अर्जुन भुसालले जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP