Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’

काठमाडौँ : सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विवेक बैजूले पछिल्लो केही वर्षदेखि यो मौसम (हिउँद)मा हिउँले ढाकिएको क्षेत्र अहिले भने हिउँविहीन भएको बताएका छन्।

हिजो (बिहीवार) क्लिन इनर्जी नेपाल, हरिण नेपाललगायत संस्थाले सोलुखुम्बुको स्यानबोचेमा आयोजना गरेको जलवायु न्यायसम्बन्धी संगोष्ठीमा उनले यस्तो बताएका हुन्।

उनले जलवायु परिवर्तनका चुनौतीहरूबारे प्रकाश पार्दै भने, ‘जलवायु परिवर्तनका कारण निकुञ्जभित्रका जैविक विविधतामा असर परे पनि राष्ट्रिय निकुञ्ज भएकोले केही हदसम्म संरक्षण हुन सकेको छ, सरकारले नेपालका हिमनदीहरूको अध्ययन गर्न थालेको तथा केही पहल गरिरहेको छ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कार्यक्रमको आयोजना गर्न सहकार्य गरेको थियो। नेविसंघका अध्यक्ष अध्यक्ष दुजाङ शेर्पाले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय जागरूकता बढाउने तथा नेपालमा जलवायु परिवर्तनका प्रभावहरू उजागर गर्ने उद्देश्यले ‘जय नेपाल टी-२० अन्तरराष्ट्रिय अन्तर-विश्वविद्यालय क्रिकेट प्रतियोगिता’ आयोजना गरिएको बताए।

‘संगोष्ठी कार्यक्रमको एउटा महत्वपूर्ण भाग हो, आयोजकहरू तथा नेविसंघले आगामी फागुन २ गते प्रत्येक प्रदेशबाट ७ जना जलवायु च्याम्पियनहरूको सम्मान गर्ने अर्को कार्यक्रमको आयोजना गर्ने छ,’ उनले भने।

हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि नवा छिरिङ शेर्पाले जलवायु परिवर्तनले रोजगार तथा जीवनशैलीमा असर पुर्‍याएको भन्दै पर्यटन क्षेत्रलाई जोगाउन तत्काल उपाय अपनाउनुपर्ने बताए। होटल एभरेस्ट भ्युका मालिक आङ शेर्पाले जाडो मौसम पहिलेको जस्तो चिसो नभएको र हिमालहरू कालो चट्टानमा परिणत भइसकेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP