Trending
राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै साहित्य नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक समाज भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी समाज रुखबाट लडेर एक पुरुषको मृत्यु flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती

नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक

काठमाडौं : नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ। मुक्तक नामक एल्बम सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २–२ वटा मुक्तक विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएको हो।
एल्बम छन्द सारथि, सुप्रसिद्ध छन्दकवि रमेश खकुरेल, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डाक्टर भोजराज घिमिरे, कवि एवं समालोचक प्राडा देवी नेपाल, सङ्गीतकार र गायक कन्हैया सिंह परियार, स्रष्टाका मातापिताहरू मीरा कणेल, लक्ष्मीभक्त कणेल, बद्रीप्रसाद ओझालगायतले सार्वजनिक गरेका थिए।

एल्बममाथि टिप्पणी गर्दै प्राडा देवी नेपालले मुक्तक आफैँमा छोटोमा विशिष्ट र चामत्कारिक अभिव्यक्ति दिने विधा भएको उल्लेख गर्दै पहिलो पटक नेपाली मुक्तकलाई एल्बमका रूपमा ल्याएकामा बधाई दिए।

नेपालले गर्न बाँकी काम खोज्दै ती काम गर्ने स्वभाव स्रष्टा ओझा र सङ्गीतकार रगायक श्रेष्ठको रहेको भन्दै त्यसकै उपज उक्त एल्बम रहेको बताए। प्राडा नेपालले नेपाली मुक्तक लेखनमा अझै परिष्कार र तीव्र झड्काको आवश्यकता रहेको पनि बताए।

स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्दै आफूहरूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द र बहरमा मुक्तकहरू रचना गरेर एल्बम ल्याएको सुनाए। ओझाले चतुष्पदी पिङ्गल छन्दमा र रुबाई फारसी छन्द (बहर) मा लेखिने बताए।

हित्यकार डाक्टर भोजराज घिमिरेले मुक्तक लेखनको शास्त्रीय परम्परालाई गजल लेखनको शास्त्रीय परम्परालाईझैँ निरन्तरता दिएकामा खुसी व्यक्त गरे। मुक्तकहरू भुजङ्गप्रयात्, स्रग्विणी, दिक्पाल, पञ्चचामर, विधाता छन्दमा रचिएका छन्, जुन फारसी बहरहरू मुतकारिब मुसम्मन सालिम, मुतदारिक मुसम्मन सालिम, मुजारे मुसम्मन अखरब, हजज मुसम्मन मकबुज र हजज मुसम्मन सालिमसँग समान छन्।

कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाएका थिए। प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिएका थिए।

दियालो साहित्य सरगमको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गरेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP