Trending
flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती राजनीति उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कँदै राजनीति परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड राजनीति स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरे flash छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य flash राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का flash मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ शिक्षा शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू अन्तर्राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती

सङ्खुवासभा : जेनजी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन्।

जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भीडभाडका कारण सुरक्षामा थप चुनौती देखिएकाले सहकार्यमा संयुक्त गस्ती निगरानी बढाइएको हो।

“जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ”, उनले भने, “मुख्य सडक, भीडभाड हुने स्थान, बसपार्क, बजार, बैङ्क तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ, सुरक्षा निकायका अनुसार यस्तो संयुक्त गस्तीले आपराधिक गतिविधि नियन्त्रण, चोरी, डकैती, झैझगडा तथा अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ।”

स्थानीयवासीले संयुक्त सुरक्षाबलको उपस्थिति देखिएपछि बजार क्षेत्र थप सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन्। सेना र प्रहरीसँगै बजार गस्ती गर्दा वातावरण सुरक्षित महसुस हुन्छ, यस्तो पहल निरन्तर हुनुपर्ने खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठ बताउनुहुन्छ। सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भीडभाड बढ्ने सम्भावना भएकाले गस्तीलाई राति पनि निरन्तर गर्ने तयारी भइरहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP