Trending
flash जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना समाज नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती राजनीति उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कँदै राजनीति परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड राजनीति स्वाधीन र समाजवादका पक्षमा उभिन भन्दै उनले कात्तिक २० गते काठमाडाैंमा भेट्ने प्रस्ताव गरे flash छठ पर्वले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकास भएको छ : मुख्यमन्त्री आचार्य flash राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा रहेका बेला अमेरिकी नौसेनालाई ठूलो धक्का flash मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ शिक्षा शिक्षामन्त्री पुन भन्छन्- उद्धघाटन र शिलान्यास कार्यक्रममा नबोलाउनू अन्तर्राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आक्रमणमा एक व्यक्तिको मृत्यु

जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना


काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।

विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात र सबैजसो प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ ।

अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको बुलेटिनमा भनिएको छ ।

विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ । यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।

मौसमविद्हरुका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणालीले देशको पश्चिमी क्षेत्रमा बढी प्रभाव पार्छ । सँगै यही बेला बङ्गालको खाँडीमा पनि अर्को प्रणाली विकसित भइरहेको छ । ‘मोन्था साइक्लोन’ नाम दिइएको यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ ।

विभागले आधिकारिक रूपमा जानकारी गराइनसकेको बङ्गालको खाँडीमा विकसित प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।

काठमाण्डौ उपत्यकासम्म वर्षा गराउने सम्भावना रहेको यो प्रणालीले पूर्व मधेश र कोशी प्रदशेमा मुसल्धारे वर्षा गराउने सम्भावना छ । पदयात्रा र धान भित्र्याउने किसानलाई असर पार्ने देखिए पनि वायु प्रदूषण कम गराउने, हिमालमा हिउँ पर्ने, जलस्रोतमा सहयोग पुग्ने र समग्रमा जमिनमा आद्रता कायम हुने भएकोले कृषिबालीमा फाइदा पुग्छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP