
काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिले सरकारकाे आयुमाथि प्रश्न उठाएकाे बताएका छन्। बुधवारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न खडा भएकाे देखेकाे बताए।
यद्यपि अध्यक्ष नेपालले अब निर्वाचनमा जानुको विकल्प भने नरहेकाे बताए। उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भए वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे।
‘अब चुनावमा जाने बाहेक विकल्प छैन’, अध्यक्ष नेपालले भने, ‘तर चुनाव सम्भव होला ? चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भीर रुपमा उठेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतीको सामना पनि गर्छु भनिरहनुभएको छ। तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ। यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन्।’
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरू लाग्नुपर्ने उनकाे भनाइ थियाे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया