Trending
राजनीति उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक अन्तर्राष्ट्रिय निशानामा हर्मुज जल डमरु, कच्चा तेल आपूर्ति ठप्प हुने जोखिम समाज प्रहरीमाथि आक्रमण गर्ने एक युवालाई गोली हानेर समाते राजनीति हर्क साम्पाङले भने- ‘सरकारको नेतृत्व रविले गर्दा राम्रो’ खेल भारत र न्युजिल्यान्डबिच आज आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त समाज आज ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस राजनीति संसदमा पाँचौँ पटक अभिषेक प्रताप शाह अन्तर्राष्ट्रिय तेहरानका मुख्य तेल डिपोहरूमा शक्तिशाली हवाई आक्रमण खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी

निशानामा हर्मुज जल डमरु, कच्चा तेल आपूर्ति ठप्प हुने जोखिम

सामरिक र व्यापारिक दृष्टिकोणले विश्वकै अति संवेदनशील मानिने हर्मुज जलडमरु भनिने स्ट्रेट अफ हर्मुज तनावग्रस्त बनेको छ।इरान र अमेरिका–इजरायलबीच युद्धका कारण बढ्दो तनावले हर्मुज प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति ठप्प हुने जोखिम बढेको छ।यस जलक्षेत्रमा रहेका तीनवटा ठूला व्यापारिक जहाजमाथि शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार भएपछि यो मार्ग युद्धमैदानमा परिणत भएको हो। आक्रमणमा परेको थाइल्याण्डको मालबाहक जहाज मयुरी नरीमा भीषण आगलागी भएपछि चालक दलका सदस्यहरूले जहाज छाड्नुपरेको छ भने समुद्री मार्गमा सुरक्षा जोखिम बढेका कारण ८० प्रतिशतभन्दा बढी जहाजहरूको आवागमन रोकिएको छ।यसैबीच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले समुद्रमा बिछ्याउन लागेका १६ वटा विस्फोटक माइन जहाजहरूलाई आफ्ना लडाकु विमानले नष्ट गरिदिएको दाबी गरेको छ। इरानको रिभोलुसनरी गाड्र्सले भने आफ्नो जलक्षेत्रमा विदेशी हस्तक्षेप बढेको भन्दै थप कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।अन्तर्राष्ट्रिय समुदायले यो द्वन्द्वले विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले इरानलाई खाडी मुलुकमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै विशेष प्रस्ताव पारित गरेको छ भने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सम्भावित तेल अभाव टार्न आफ्नो आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने तयारी थालेको छ।यदि यो जलमार्ग लामो समयसम्म बन्द रहेमा विश्वभर पेट्रोलियम पदार्थको मूल्य आकासिने र आपूर्ति व्यवस्था पूर्ण रूपमा ठप्प हुने निश्चित देखिएको छ। थाहा खब

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP