Trending
राजनीति उपराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट राजनीति रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म अन्तर्राष्ट्रिय भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ समाज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा खेल जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु समाज उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकी दूतावासमा कयौँ ड्रोन तथा रकेट आक्रमण समाज हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति समाज बाजुरामा ढुङ्गा प्रहारबाट एकजनाको हत्या राजनीति निर्वाचित भएका उम्मेदवारलाई पर्सि चैत ५ गते प्रमाणपत्र वितरण गर्ने

उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु

उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु भएको छ।कटारी नगरपालिका–५ तिनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको पसलसहितको घरमा नजिकैको सुकेको सालको रुख ढलेर घर किच्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार घटनामा चौधरीकी नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नगरपालिका–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की, वडा नं ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार घाइते भएका छन्।घरभित्र थिचिएकी बालिका बिनिषालाई करिब एक घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ।यस्तै, कटारी नगरपालिका–८ थलियाटारमा पनि वर्षासँगै आएको हुरीका कारण रुखको हाँगा भाँचिदा लागेर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ। उनी घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा कुटमिरो रुखको हाँगा भाचिँदा घाइते भएकी थिइन्।घाइते तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएकोमा चिकित्सकले बेलुका ९ बजे मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP