Trending
राजनीति उपराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट राजनीति रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म अन्तर्राष्ट्रिय भारतको सीमा क्षेत्रबाट युक्रेनी र एक अमेरिकी पक्राउ समाज कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा खेल जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु समाज उदयपुरमा रुखले किचेर २ जनाको मृत्यु अन्तर्राष्ट्रिय अमेरिकी दूतावासमा कयौँ ड्रोन तथा रकेट आक्रमण समाज हावाहुरी र असिनापानीका कारण धनकुटा जिल्लाका विभिन्न स्थानमा क्षति समाज बाजुरामा ढुङ्गा प्रहारबाट एकजनाको हत्या राजनीति निर्वाचित भएका उम्मेदवारलाई पर्सि चैत ५ गते प्रमाणपत्र वितरण गर्ने

कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनको समय भएकोले यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।देशको अन्य हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।पछिल्ला एक दुइ दिनदेखि प्रि–मनसुनमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव देखिँदा असिनापानी र हावाहुरी आइरहेको छ। यो याममा तापक्रम बढ्ने र अपराह्नपछि वेला–वेला अचानक पानी, हुरी, चट्याङ र असिना पर्ने हुँदा सचेत हुनुपर्ने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् डेभिड ढकालले प्रि–मनसुनमा पश्चिमी वायुसँगै स्थानीय वायु पनि विकसित हुने भएकाले मध्याह्नपछि सजग हुनुपर्ने बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP