Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

एसईईमा सैद्धान्तिकतर्फ ३५ अङ्क नल्याए ‘नन ग्रेडेड’ हुने नियम यस वर्ष पनि लागू नहुने

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने शर्माले बताउनुभयो । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उहाँले अर्को वर्षदेखि एसईईमा पनि नयाँ व्यवस्था लागू हुने जानकारी दिनुभयो ।

एसईईकाे नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि भाेलि बुधवार बोर्ड बैठक डाकिएको छ । सकेसम्म बिहीवार यदि प्राविधिक कारण नसकेमा शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले बताउनुभयो । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गएकाे चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP