Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

बाणगंगामा नदीजन्य पर्दाथको चोरी निकासी व्यापक, प्रहरीकाे संलग्नता


कपिलवस्तु, २० माघ
बाणगंगा नगरपालिका क्षेत्रको सबै भन्दा ठूलो आन्तरिक आयश्रोतको रुपमा रहेको बाणगंगा नदीको नदीजन्य पर्दाथहरुको चोरी तस्करी व्यापक रुपमा बढेर आएको छ । छुटपुट रुपमा हुदै आएको बालुवा चोरी विगत २ महिना देखि संगठित रुपमा हुन थालेपछि स्थानीय सरकार चिन्तित तर सुरक्षाकर्मी हर्षित बनेका छन् । बाणगंगाको माथिल्लो भाग मधुबन नाका र तल्लो भाग धनेषपुर, सिसहनिया र बालापुर क्षेत्रबाट रातभरी बालुवा तस्करी हुने गरेको स्थानीयबासीहरु बताउछन् । स्वयं नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि रातीमा बाणगंगा नाकाका विभिन्न क्षेत्रबाट चोरी तस्करी भइरहेको स्वीकार्छन् । “पहिला दिउसै चोरी गर्दथे अहिले राती मात्रै चोर्छन” उनले भने ।

मधुबन क्षेत्रका स्थानीयका अनुसार त्यस क्षेत्रकै ट्याक्टर धनीहरुहरुले नदीजन्य पर्दाथ चोरी गरि स्थानीय क्रेशर तथा बालुवा प्रशोधन केन्द्रहरुमा बुझाउछन् । यसै गरि वडा नं. १ को उप्टा, इमिली नाकाबाट समेत नदीजन्य पदार्थ चोरी हुदै आएको छ । बाणगंगा ७ धनेशपुर सिसनीया र बालापुरबाट समेत केहि ट्याक्टर धनी तथा प्रहरी घुमुवाको मिलेमतोमा चोरी भइरहेको बताइन्छ । शुक्रबार राती मात्रै मधुबन क्षेत्रमा ९ वटा ट्याक्टर र धनेषपुरमा ७ वटा ट्याक्टरको समूहले रातभरी बालुवा चोरी गरेको स्थानीयबासीहरु बताउछन् ।“रातभरी ट्याक्टरको हल्लाले सुत्न पाइदैन, प्रहरीलाई खबर गरयो अर्को दिन तस्करहरु नै आएर उल्टै थर्काउछन्” एक स्थानीयले भने ।

बालुवा तस्करीमै आबद्ध श्रोतका अनुसार नेपाल प्रहरी तथा शशस्त्र प्रहरी संग लाइन मिलाएरै काम चलिरहेको छ । “यहा त तीन महिना देखि काम चलिरहेको छ, कुन दिन कति बजे देखि कति बजे सम्म गाडी हाल्ने हो प्रति गाडी कति दिने सबै फाइनल भएर मात्र काम हुन्छ” ट्याक्टर चालकले भने । उनका अनुसार साहुहरुले नेपाल प्रहरीलाई प्रति ट्रिप १५ सय र शशस्त्र लाई १ हजारको दरले दिने गर्दछन् । नेपाल प्रहरी पिपराका घुमुवा हवल्दार तेज बहादुर कुँवर तथा शशस्त्रका हवल्दार नबिन रेश्मी मार्फत रकम सम्बन्धित निकायमा पुग्ने गरेको समेत उनले खुलासा गरे । प्रहरी निरिक्षक लोकेन्द्र जिसी स्वयंले समेत केहि स्थानमा शान्ति सुरक्षा छाडेर प्रहरी नदीजन्य पर्दाथ चोरी रोक्न नलाग्ने भन्दै पन्छिने गरेको समेत स्थानीयको आरोप छ । तत्कालिन प्रहरी निरिक्षक गोपाल रायमाझी हुदा अधिक नियन्त्रणमा आएको बालुवा चोरी तस्करी र लागू औषध कारोबार अहिले दुबै फितलो भएको बाणगंगाबासीको दाबी छ ।

बाणगंगा नगरपालिका राजस्व अधिकृत मदन घिमिरे पनि सुरक्षाकर्मीबाट सहयोग नपाएको गुनासो गर्छन । “साउन यता ४ जना नगरप्रहरी लिएर हामीले ८ वटा ट्याक्टर र एउटा जेसिभी समात्यौ तर दिनहु गस्ती गर्ने प्रहरीले अहिले सम्म जम्मा २ वटा ट्याक्टर बुझाएको छ” उनले भने । बुटवल–गोरुसिंगे सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पर्दाथका लागि बाणगंगा नदीको उत्तरी भाग ठेकेदार पक्षलाई दिने भनी नगरपालिकाको १६औ नगरसभाबाट  पारित भएसंगै ढुंगा,गिटी, बालुवा चोरी तस्करी अझ बढेको छ । नदी नै बाटो निर्माण कम्पनिलाई ठेक्कामा दिने भएपछि आफुहरुको काम प्रभावित हुने आशंकामा स्थानीय केहि क्रेशर , बालुवा प्रशोधन उद्योग तथा व्यवसायीहरुले धमाधम चोरीका नदीजन्य पर्दाथ किन्न थालेपछि यसको तस्करी बढेको स्थानीय बताउछन् । (आवश्यक प्रमाणहरु सुरक्षित छन् )

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP