Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

कामपाले भन्यो- भोलिदेखि हुने ग्रेडवृद्धि परीक्षा रोकिँदैन

काठमाडौं : काठमाडौं महानगरपालिकाले भोलिदेखि हुने आधारभूत शिक्षा ग्रेडवृद्धि परीक्षा सञ्चालन नराेकिने जनाएको छ। शिक्षकहरूको आन्दोलन कायमै भएपनि परीक्षा नरोकिने महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी गोविन्द प्रसाद शर्माले जानकारी दिए।

महानगरपालिका आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिको वैशाख ५ गतेको निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षाको नतिजामा सैद्धान्तिक तर्फ मुल प्रमाणपत्र प्राप्त गर्न योग्य नभएका(एनजी) भएकाकाहरूको परीक्षा यही वैशाख ८ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार नै परीक्षा सञ्चालन हुने महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी शर्माले जानकारी दिए। उनले भने,‘हालसम्म परीक्षा स्थगित हुनेबारे केही निर्णय भएको छैन,त्यसैले तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ।’

उनका अनुसार केही शिक्षकहरूले परीक्षा स्थगित गर्न आग्रह गरेका छन्। तर,हालसम्म महानगरपालिकाले यसबारे कुनै निर्णय लिएको छैन। महानगरपालिकाले परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गरी सम्बन्धित प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको जनाएको छ। त्यस्तै, प्रश्नपत्र सम्बन्धित विद्यालयलाई परीक्षा सुरू हुनु भन्दा आधा घण्टा अगाडि विद्यालयको इमेल आइडीमा इमेल गरिने महानगरपालिकाले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP